१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


कवि क्षेत्रीलाई वनिताश्रीद्वारा सम्मान




२६ वैशाख ०७९, काठमाडौं । साहित्यका विविध विधामा सशक्तरूपमा कलम चलाई विशेषतः काव्यजगत्मा विलयन कविताको माध्यमबाट नयाँ तरङ्ग ल्याउन सफल क्षमतावान् सुन्दर शब्द शिल्पी कवि कृसु क्षेत्रीलाई व्यथित काव्य वनिताश्री सम्मान–२०७८ बाट सम्मानित गरिएको छ ।
आइतबार एक विशेष समारोहमा वनिता त्रैमासिककी सम्पादक तथा प्रकाशक लक्ष्मी उप्रेतीले क्षेत्रीलाई सम्मान गरेकी छिन् । सो अवसरमा उप्रेतीले कवि क्षेत्री साहित्यका अतिरिक्त कूटनीतिमा पनि अत्यन्त चर्चित रहेकाले यो सम्मानबाट पुरस्कृत व्यक्तित्वमात्र नभई पुरस्कार दिने संस्था पनि सम्मानित भएको बताइन् ।
झापामा जन्मेका कवि क्षेत्री कविताका अतिरिक्त गीत, गजल, मुक्तकमा सिद्धहस्त रहेको र सम्पादनमा समेत प्रसिद्ध भएको उनका मित्र तथा विलयन लेखनका अर्का प्रवर्तक मनोज न्यौपानेले जानकारी दिएकी छिन् । विलयन लेखनकै अर्का सहयात्री चेतनाथ धमलाले कवि क्षेत्रीको ‘चराको गीत’ अत्यन्त लोकप्रिय कविता सङ्ग्रह रहेको र उक्त सङ्ग्रह नेपालका विश्वविद्यालयहरूमा पाठ्यक्रममा समेत परेको जानकारी दिइन् ।
कृसु क्षेत्रीले हालै सम्पादन गरेको ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक बृहत् ग्रन्थसमेत त्रिभुवन विश्वविद्यालयको एम फीलको पाठ्यक्रममा परेको धमलाले बताएकी छिन् ।

व्यथित काव्य वनिता पुरस्कारबाट विगतमा डा. विष्णु विभु घिमिरे, विश्वविमोहन श्रेष्ठ, भारती गौतम, उषा शेरचन, सुलोचना मानन्धर, नवराज सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, अनिल पौडेल आदि सम्मानित भइसकेका छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : २४ बजे