९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सञ्जुको शव पाटन अस्पतालमा पोस्टमार्टम, गृहजिल्ला पठाइने



२७ वैशाख ०७९, ललितपुर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ स्वर्णपदक विजेता सञ्जु चौधरीको शवको ललितपुरस्थित पाटन अस्पतालमा पोस्टमार्टम हुँदै छ ।

पोस्टमार्टमपछि उनको पार्थिव शरीर गृहजिल्ला बाँकेको नेपालगन्ज पठाइने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । नेपालगन्ज पठाउनुअघि आजै साँझ उनको पार्थिव शरीर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले झुन्डिएर आत्महत्या गरेको देखाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आज बिहान करिब ६ बजे ललितपुरस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा सञ्जु झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ५७ बजे