४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


युक्रेनकाे एक भवनको भग्नावशेषमा ४४ शव भेटिए



एजेन्सी । युक्रेनमा एउटा भवनको भग्नावशेषबाट ४४ वटा शव भेटिएको छ । रुसी सेनाले आक्रमण तीव्र पारेको इज्यूम सहरमा भग्नावशेषभित्र ती शव फेला परेका त्यहाँका मेयर भ्यालेरी मार्चेनकोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको मार्चमा रुसी सेनाले आक्रमण गरेपछि स्थानीयबासिन्दाले आश्रय लिएको पाँच तले भवन क्षतिग्रस्त भएको थियो । रुसले अप्रिल एकमा कब्जा गरेको इज्यूम सहरमा रुसी फौज अझै तैनाथ छन् । मर्चेन्काले रुसी फौजले सहरको आधा भाग मात्रै कब्जा गरेको बताए । त्यसबेला अरु भवनमा पनि आक्रमण भएको र नागरिकको खोजी कार्य निरन्तर भैरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ३ : ४३ बजे