९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


घरेलु मैदानमै नेपालको युगान्डासँग लगातार तेस्रो हार



५ जेठ ०७९, काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली महिला क्रिकेट टिमले युगान्डासँग लगातार तेस्रो हार व्यहोरेको छ ।

बिहीबार भएको खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको हो  । हार सँगै युगान्डाले पाँच खेलको श्रृङ्खला दुई खेलअघि नै  जित निकालेको छ ।

यसअघि पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल १ रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

१०० रनको लक्ष्य पाएको युगाण्डाका लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२, जानेट एमबाबाजाईले २७ रन, रिता मुसामलीले ९ रन बनाइन् । केभिन र जानेटले गरेको ६६ रनको साझेदारी नै युगान्डाको जितको आधार बन्यो ।

नेपालका लागि कविता कुँवरले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : ०० बजे