२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


काठमाडौं राज ट्रेडर्स विरुद्ध तीन अर्ब ७२ करोड ५८ लाख बिगो माग दावीसहित मुद्दा



९ जेठ ०७९, काठमाडौँ । काठमाडौंको राज ट्रेडर्सका राजकिशोर शाह, पुष्करकुमार सिंह र भविचन महतो कोइरीविरुद्ध तीन अर्ब ७२ करोड ५८ लाख रुपैयाँ बिगो माग गरेर मुद्दा दायर भएको छ ।

उनीहरूले भारतीय चिनी अवैध रूपमा चोरी पैठारी गरेर मालवस्तु तथा ढुवानीका साधन अनुगमन प्रणाली भीसीटीएसमा प्रविष्ट भएको कागजात २८ पटकसम्म सच्याएर काठमाण्डौ ल्याएर बिक्री गरेको विभागले जनाएको छ ।

यस्तै चितवनको भरतपुरमा रहेको निरज ट्रेड एन्ड सप्लायर्सका प्रोपराइटर श्रीराम ठाकुर र खाता सञ्चालक जटाशंकर जैसवालविरुद्ध १५ करोड ९७ लाख पाँच हजार रुपैयाँ जरिबानाको माग राखेर उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

उनीहरूले मूल्य अभिवृद्धि कर भ्याटतर्फ दुई करोड ४१ लाख ३५ हजार र आयकरतर्फ पाँच करोड ९७ लाख रुपैयाँ कर छलेको विभागले जनाएको छ । कर छलीको कुल रकम सात करोड ९८ लाख रुपैयाँको दोब्बर रकम माग गरेर विभागले मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ३ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।