५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


हवाई भाडा बढ्यो




१० जेठ ०७९, काठामडौं । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा रु ९० देखि रु ४ सय ४५ सम्म वृद्धि भएको छ ।
सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ–धनगढीको भाडा रु ४४५ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौँ–सिमराको भाडा रु तीन हजार ७ सय २५ कायम भएको छ भने काठमाडौँ–धनगढी रु १५ हजार ६६५ कायम भएको छ । काठमाडौँ–भद्रपुर ११ हजार ९सय ३५, काठमाडौँ–विराटनगर नौ हजार ३२५, काठमाडौँ–जनकपुर पाँच हजार २ सय ५०, काठमाडौँ–भरतपुर चार हजार ४ सय ३५ र काठमाडौँ–पोखरा छ हजार ३ सय ५ कायम भएको छ । काठमाडौँ–भैरहवा सात हजार ८ सय ८०, काठमाडौँ–नेपालगञ्ज १२ हजार ८ सय ९५ र काठमाडौँ–तुम्लिङटार सात हजार ४ सय ६० कायम भएको छ ।
माउन्टेन फ्लाइटको भाडादर रु १३ हजार ७ सय ६५ कायम भएको सङ्घले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु १ सय ६६ छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : २३ बजे