५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भारतले गहुँसँगै चिनी निर्यातमा पनि लगायो रोक



११ जेठ ०७९, काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पनि रोक लगाउने निर्णय गरेकाे छ । यसअघि गहुँ निर्यातमा रोक लगाएको भारतले आगामी जुन १ बाट चिनी निर्यातमा प्रतिबन्ध लगाउने भएको हो ।

भारतीय सञ्चार माध्यम रोयटर्सका अनुसार मोदी सरकारले चिनी निर्यातमा पूर्ण रोक नलगाए पनि निर्यात सीमा एक करोड टन राखेको हो । चीन निर्यातमा भारत विश्वको दोस्रो ठूलो देश हो । विश्वमा ब्राजिलले सबैभन्दा धेरै चिनी निर्यात गर्छ ।

भारतबाट सबैभन्दा धेरै चिनी इन्डोनेसिया, अफगानिस्तान, श्रीलंका, बंगलादेश, संयुक्त अरब इमिरेट्स, मलेसिया र अफ्रिकी देशले खरिद गर्दै आएका छन् । नेपालमा हाल वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । जसमा १ लाख ३० हजार स्वदेशी उत्पादनले माग धानिरहेको छ भने बाँकी चिनी भारत लगायतका देशबाट आयात हुँदै आएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ०८ बजे