८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


नायिकामाथि दुर्व्यवहारको आरोप लागेका लामा रिहा



१७ जेठ ०७९, काठमाडौं ।  अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा लागेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् । आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी-४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।

अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो । प्रजिअ रिजालको आदेशपछि उनी रिहा भएका हुन् । मिरुनाले आइतबार सुन्धारास्थित सिभिल मलमा आफूमाथि ब्याड टच गरेको आरोप लगाएकी थिइन् ।

उनको मौखिक उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनापछि उनको रिहाइ र मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : ०३ बजे