५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने



१७ जेठ ०७९, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले जानकारी दिए ।उनका अनुसार विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटोसमेतको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय भएको छ ।

यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स)बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ । तर आईएफआर इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु हुने छैन । उड्डयन क्षेत्रमा भिएफआर भन्नाले आँखाले हेरेर र विमान उडाउने र ल्याण्ड गर्ने विधि भन्ने बुझिन्छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ४ : ४३ बजे