८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चार दिनदेखि हराएकी बालिकाको शव मकैबारीमा फेला




२४ जेष्ठ ०७९, सुर्खेत । चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका ५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको हो ।
नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार बालिकाको शव विकको घरदेखि एकसय मिटरको दुरीमा मंगलबार बिहान फेला परेको हो ।
आफन्तले शुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरेपनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर पुनले बताए ।
घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिकाको मृत्युको कारण नखुलेपनि घटनामा संलग्न भएको आशंका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

न्युज कारखाना

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ५ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।