
२६ जेठ ०७९, चितवन । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना ६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन् ।
आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताए । पहिराकै कारण मुग्लिन नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना ४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।







प्रतिक्रिया