५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कीर्तिपुरमा उद्योग व्यवसाय विस्तारमा सहकार्य उद्यमी तयार




२६ जेठ ०७९, कीर्तिपुर । कीर्तिपुरमा उद्योग व्यवसाय विस्तारमा सहकार्य गरेर अगाडी बढ्न व्यावसायी तयार भएका छन् । कीर्तिपुर उद्योग बाणिज्य संघको आयोजनामा मंगलवार उद्योगपति, व्यापारी र नवर्निवाचित स्थानीय निकायका पदाधिकारीहरु विच भएको शुभकामना तथा साक्षात्कार कार्यक्रममा यस्तो समझदारी भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष एवं उद्योगपति शेखर गोल्छाले स्थानिय निकाय संग सहकार्य गरेर कीर्तिपुरमा उद्योग स्थापना गर्न आफुहरु तयार रहेको बताए । लगानीमैत्री वातावरण र्निमाणमा राज्यका अंगहरुको महत्वपूर्ण भुमिका रहने वताउदै अध्यक्ष गोल्छाले त्यसकालाई स्थानिय सरकार लगानी भित्राउन सक्रिय बन्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल उद्योग बाणीज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति रामचन्द्र सांघाईले स्थानीय निकायले करको दर बढाउने होइन दायरा बढाएर कर तिर्न कर होइन रहर लाग्ने बातावरण र्निमाण गर्नुपर्नेमा बताए । उपाध्यक्ष सांघाईले कीर्तिपुरमा उद्योग व्यवसाय स्थापना र विकासमा आफु इच्छुक रहेको समेत बताऐ ।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी उद्योगपतिहरुसंग सहकार्य गरेर अगाढी बढ्न तयार रहेको बताए । कीर्तिपुरमा औद्योगिक ग्राम स्थापना, स्थानिय उत्पादन, शिपमा आधारीत उद्योगहरुलाई प्राथमितामा राखेर काम गर्न तयार रहेको बताउदै, उद्योगीहरु सँग हातेमालो गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमलाई सम्वोधन गर्दै कीर्तिपुर उद्योग बाणिज्य संघकी अध्यक्ष राज्य लक्ष्मी शाक्यले कीर्तिपुरको उत्थान र विकासका लागी स्थानिय निकाय र राष्ट्रिय स्तरका उद्योगी व्यापारीहरु विच समन्वयकारी भुमिका खेल्दै संबृद्ध कीर्तिपुर निमार्णका लागी आफ हरदम तयार रहेको धारणा राखिन् ।
कार्यक्रममा अर्थविद् नुर सागर श्रेष्ठले, कीर्तिपुरको मौलिक काष्ठकला र शिपको संरक्षण गर्दै, स्थानिय संस्कृतिमा आधारीत उद्योग व्यवसायलाई बढावा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका नगर जिल्ला उपाध्यक्ष, दिनेश श्रेष्ठ, केन्द्रिय सदस्य हेमराज ढकाल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, कीर्तिपुर महिला संञ्जालकी अध्यक्ष हसना मर्हजन, कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्य लगायतले उद्योग व्यवसाय एवं उद्यमसिलता विकासका लागी स्थानिय सरकार र उद्योगी व्यवसायी विचको सहकार्यमा जोड दिए ।
कार्यक्रममा कीर्तिपुर उद्योगबाणिज्य संघ, नेपाल उद्योगबाणिज्य महासंघ, नेपाल उद्योगबाणिज्य महासंघ बाग्मती प्रदेशका पदाधिकारीहरु, विभिन्न महिला उद्यमी समुहहरु, स्थानियनिकायका जनप्रतिनिधीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ९ : ४२ बजे