८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बसको ठक्करले सहचालकको मृत्यु



२७ जेठ ०७९, चितवन । वाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ । आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो । दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।