९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजदेखि १२ देखि १७ वर्ष उमेर समूहलाई ‘बुस्टर डोज’



२७ जेठ ०७९, काठमाडौं । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहलाई कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ दिन थालिएको छ । पूर्ण मात्रा खोप लिएर ३ महिना नाघेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई सरकारले शुक्रवारदेखि बुस्टर डोज लगाउने निर्णय गरेको हो ।

सरकारी तथ्याङ्कअनुसार मुलुकमा यो उमेर समूहमा ३४ लाख २५ हजार ४ सय ८ जना छन् । १२ देखि १७ वर्ष उमेर समूहलाई गत वर्ष पुस ४ गतेदेखि कोभिडविरुद्धको खोप दिन थालिएको हो ।
बुस्टरको रुपमा किशोरकिशोरीलाई मोडर्ना खोपको ०.२५ एमएल मात्रा वा फाइजर खोपको ०.३ एमएल मात्रा दिने सरकारको तयारी छ । हालसम्म मुलुकमा १२ वर्ष र सोभन्दा माथि उमेर समूहका जनसंख्यामध्ये २१.६८ प्रतिशत अर्थात् ५० लाख ५८ हजार ९ सय ६५ जनाले कोभिडको अतिरिक्त मात्रा खोप लिएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।