२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


असारे विकाशको चपेटामा चापागाँउ बजार (तस्विरहरु)



ललितपुर खबर
२८ जेठ ०७९, चापागाँउ । आर्थिक वर्षको अन्तिम महिना असार लाग्नै लागिसक्यो । आजकल ललितपुरको चापागाँउ सडकमा धमाधम काम भइरहेको छ ।


बर्षे झरिमा यो सडक ढलान हुँदैछ । निरन्तरको बर्षाका कारण आजकल चापागाँउ बजार हिलाम्मे छ । सडकमा डोजर र लोडरले धमाधम काम गरिरहेका छन् ।


चापागाँउको ज्योतिविहारदेखि चापागाँउ टुसालसम्म झण्डै ८ सय मिटर कालोपत्र हुन लागेको हो ।

लेन्स : ललितपुर खबर


२०७२ सालमा स्थानीयबासीलाई मुआव्जा नदिई कालोपत्रको ठेक्का लगाइएको यहाँको सडक स्थानीयबासीले मुआव्जा र क्षतिपूर्तिको माग राखेर सडक विस्तार रोकेका थिए ।
पछिल्लो २ वर्षअघि यथास्थितीमा यो सडक कालोपत्र भयो । कच्ची घरहरुले ढाकिएको चापागाँउ बस्तीको यो सडक कालोपत्र गर्दा सडकमा रोलर लगाउदा घरहरु चर्कने भन्दै स्थानीयले चिन्तित हुने गर्थे ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।