१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


मकवानपुर गोल्डकपको सर्वाेत्कृष्ट खेलाडी अशोक बराललाई बुलेट बाइक पुरस्कार



३० जेठ ०७९, हेटौंडा । मकवानपुर गोल्डकपको सर्वाेत्कृष्ट खेलाडी विजय यूथ क्लबका अशोक बराल भएका छन् ।

प्रतियोगिताको विधागत खेलाडी र प्रशिक्षकको सम्पूर्ण पुरस्कार आर्मीले पाउँदा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने विजय यूथका अशोक बरालले प्राप्त गरेका हुन् ।

सर्वोत्कृष्ट खेलाडी भएका विजय यूथका कप्तान तथा गोलरक्षक बरालले हेटौंडा स्कूल अफ म्यानेजमेण्टले उपलब्ध गराएको बुलेट मोटरसाइकल प्राप्त गरे ।

अन्य विधागत पुरस्कार भने आर्मीले प्राप्त गरेको छ । आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपानेले विधागत उत्कृष्टको पुरस्कार प्राप्त गरे । उनीहरुले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

न्युज कारखाना

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।