९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आईसीसी विश्वकप लिग : नेपालको जित, ओमानको हार



१ असार ०७९, काठमाडौं । विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय श्रृंखलामा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको छ ।

मंगलबार राति टेक्सस स्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्याे ।

नेपालको जितमा ओपनर द्वय आसिफ शेख र कुशल भुर्तेलले ११४ रनको पार्टनरसिप खेले । आसिफले ६२ रन बनाए भने कुशल ५६ रनको योगदान गरे ।

यस्तै, देव खनाल १०, रोहित पौडेल २६, रन बनाएर आउट भए । ओमानका फायज बुटले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा सवै विकेट गुमाउँदै १६३ रनको लक्ष्य नेपाललाई प्रस्तुत गरेको थियो । ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाए । यस्तै, सन्दीप गौडले ४७ रनको योगदान गरे । ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ र कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए ।

जितसँगै नेपालले १५ खेलमा १५ अंक जोडेर पाँचौ स्थानमा छ । ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । न्युज कारखाना

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : १२ बजे