न्युज एजेन्सी, नेपाल
४ असार ०७९, काठमाडौं । देशको संघीय राजधानी काठमाडौं । आधुनिक समाजको उच्च बर्ग बस्ने शिक्षित नागरिकहरुको शहर । मल्लकालीन सभ्यता बोकेको अनि कला नगरीको समेत पहिचन बोकेको काठमाडौं उपत्यकाको पोखरी ताल तलैया भने हेरि नसक्नु फोहोर छ ।
करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल पोखरी होस वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु । सबैको हालत उस्तै छ ।
खानेपानीको समेत हाहाकार रहेको काठमाडौंका पोखरीका पानी फोहोर हुनुलाई स्वभाविक नै मान्न सकिएला तर पोखरीमा तैरिरहेका पोतल, प्लाष्टिक र कागजका टुक्राहरुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको छ ।
पोखरीवरपर उत्तिकै झारपात र रुख उम्रेका छन् । कतिपय पोखरीको डिल भत्केको छ अनि माटोले भरिएका छन् ।
राजधानीका केही पोखरीमा लुगा धुने नुहाउने मात्रै होइन पौडी पनि खेलिन्छ । यस्तैखाले कृयाकलाप र जनसंख्याको चापका कारण पोखरीहरु दुषित भइरहेका छन् ।
प्रतिक्रिया