२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोलियम पदार्थको भारी मुल्यबृद्धि, लिटरमै बढ्यो २७ रुपैयाँसम्म



एक पसलमा बिक्रिका लागि राखिएको । तस्विर : ललितपुर खबर

६ असार ०७९, काठमाडौं । आयल नियमले पेट्रोलियम पर्दाथमा भारी मुल्य बृद्धि गरेको छ । युक्रेन युद्धका कारण विश्वव्यापी तेलको मूल्यबृद्धि भएको भन्दै नियमले आइतबार मध्यरातीबाट पेट्रोल, डिजेल,मट्टितेल र हवाई इन्धनमा मूल्य बृद्धि गरेको हो ।
नियमले पेट्रोलमा २१ रुपैया बढाएर १ सय ९९ पु¥याएको छ । मट्टितेल र डिजेलमा समान २७ रुपैयाले मूल्य बढाएर १ सय ९२, हवाईइञ्धन १९ रुपैयाले बृद्धि गरी १ सय ८४ पु¥याएको छ ।
तर ग्याँसकोमूल्य भने बढाएको छैन ।
भारतीय आयल नियमले मूल्य बढाएर पठाएपछि नियम मूल्य समायोजन गर्न बाध्य भएको जनाएको छ । निगमले राती अबेर विज्ञप्ती प्रकाशित गरेर भनेको छ, १५ दिनमा ४ अर्व ८१ करोड घाटा भएको स्थिती थियो ।
नियमले मूल्यबृद्धि नगरे भारतीय आयल नियमलाई भुक्तानी गर्न नसक्ने अवस्था रहेको उसको भनाई छ । नियमका अनुसार असार ९ गतेसम्म नियमलाई २२ अर्व ऋणभार पुग्ने आकलन गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।