
७ असार ०७९, धनुषा । जनकपुरमा रहेको एक क्याफेमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सुकरबारी बजार नजिकै रहेको बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी भएको हो।
आगलागीबाट क्याफेभित्र रहेको सम्पूर्ण समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो बिहानै निभाइएको छ ।







प्रतिक्रिया