८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


यातायात कार्यालय एकान्तकुनाका १२ कर्मचारी र ५ जना विचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



७ असार ०७९, काठमाडौं । विविध कारणले नवीकरण नभएका, रद्द भएका तथा म्याद सकिएका सवारी चालक अनुमतिपत्र लाइसेन्सको गैरकानुनी रुपमा नवीकरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना ९ललितपुर०का १२ जना कर्मचारी र ५ जना विचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखहरु सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरी, सहायक स्तर पाचौँ कमल स्याङतान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यस्तै, कम्प्युटर अपरेटर करार सेवा प्रकाश कार्की, कम्प्युटर अपरेटर करार सेवा रेजु भट्टराई, कम्प्युटर अपरेटर ९करार सेवा० रोसन राजभण्डारी, कम्प्युटर अपरेटर करार सेवा श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर करार सेवा लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर करार सेवा माया सेठी र कम्प्युटर अपरेटर करार सेवा रिचा श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ।

उनीहरुले सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारीअन्तर्गतको कार्य सम्पादन गर्न प्राप्त गरेको अख्तियारीको दुरुपयोग गरेको अख्तियारको दाबी छ। आर्थिक वर्ष २०७७/७८ र २०७८/०७९ को श्रावण र भाद्र महिना गरी १४ महिनाको अवधिमा विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानुनी रुपमा नवीकरण गरेको भेटिएको अख्तियारले आरोप पत्रमा उल्लेख छ।

विचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यसमेतको मिलेमतोमा उनीहरुले ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स जारी गरेको देखिएको अख्तियारले जनाएको छ।

अख्तियारले १२ जना कर्मचारीहरुको हकमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ अनुसार २ वर्षसम्म कैद र ५० हजार जरिवानाको सजाय मागदाबी गरेको छ।

यस्तै, ५ जना विचौलियाहरुलाई मतियारको रुपमा प्रस्तुत गरेर भ्रष्टाचार निवारण ऐनको दफा ११ को कसुरमा दफा २२ बमोजिमको सजाय मागदाबी गरिएको छ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।