९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुरमा राष्ट्रपति रनिङ्ग शिल्डको छनौट, भलिबलको फाइनल बुधबार




७ असार ०७९, ललितपुर । राष्ट्रपति रनिङ्ग शिल्डको छनौट खेलको भलिवलको फाइनल खेल बुधबार हुने भएको छ ।
जावलखेल भलिबल प्रशिक्षण केन्द्रमा जारी खेल छनौट खेलका सेमिफाइनलमा छात्रतर्फ मदन स्मारक मा.बि फूल्चोकी मा.बि २५–२० २५–१८ को जित निकाली फाइनल प्रवेश गरको छ ।
दोस्रो सेमिफाइनलमा भ्याली पब्लिकले २५–२२,२५–२१ को सिद्धि मंगल मा.बि २५–२२,२५–२१ को जित निकाली फाइनल प्रवेश गरेको छ ।
त्यस्तै छात्रातर्फ पहिलो सेमिफाइनलमा नमूना मा.बिले सिद्धि मंगल मा.बिलाई २२–२५,३५–१८,२५–२१ को जित निकाली फाईनल प्रवेश गरेको छ भने दोस्रो सेमिफाइनलमा माउन्ट ओलिभ मा.बिले भ्याली पब्लिक मा.बिलाई २५–२०,२५–२३ को जित निकाली फाइनल प्रवेश गर्न सफल भयो ।
फाइनल खेलसँगै तेश्रो पोजिनको खेल बुधबार नै सम्पन्न हुने ललितपुर जिल्ला भलिबल संघका महासचिव भीम नेमकुलले जानकारी दिएका छन् ।
“राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत“भलिबल खेलको जिल्ला छनौट कार्यक्रम“जावलखेल भलिबल प्रशिक्षण केन्द्रमा ललितपुर जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बिनोद महर्जनद्वारा उद्घाटन गरेका थिए ।

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : ४३ बजे