८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बारामा एक घरबाट लाखौंको सुनका गहना चोरी




८ असार ०७९, बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ९ निवासी गोविन्द खरेलको घरमा मगलवार दिउसो चोरी भएको छ । चोरहरुको समुहले खरेलेको घरको मुल ढोका तोडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौं मूल्य बराबरको सुन चोरी गरेको हो ।
घरमा राखिएको करिव २५ तोला सुन र १ लाख रुपैया चोरी भएको खरेलले जानकारी दिए । घरमा मान्छे नभएको मौका पारेर आएका चोरहरुले बिहान १० बजेदेखि दिउँसो ४ बजेको अवधिमा चोरी गरेको उनले बताए ।
आफन्तको बिहेमा सरिक हुन आफू बिहान १० बजे घरबाट निस्किएको र साँझ ४ बजे फर्किदा चोरी भएको पाइएको घरमुली खरेलले बताए । घरको मुल ढोकाको ताल्चा फोरर भित्र पसेका चोरहरुले चोटाकोठा चाहार्दै निर्थक्कसँग सुनका गहना खोजेर लगेको उनले बताए ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीव ओलीले खरेलको घरमा मगंलवार दिउसो चोरी भएको तर चोरी भएको सुन र नगदको बारेमा भने सबै जानकारी आउन बाँकी रहेको बताए । न्युज कारखाना

 

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।