८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मौसम बदलीपछि वर्षा




१० असार ०७९, काठमाडौं । बिहान प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो नै प्रदेश १ र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।
शनिबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश १ ,बाग्मती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। न्युज कारखाना

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।