८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


जहाँ भगवानलाई पनि गाह्रो छ (तस्विरहरु)



 

हनुमानढोकास्थित रहेको हनुमानको मूर्ति ।

११ असार ०७९, काठमाडौं । मन्दिरै मन्दिरको शहर काठमाडौं । यो शहरका पाइला पाइलामा अनेकौ देवि देवताका मूर्ति भेन्छिन् । कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनिय छ ।

 

बसन्तपुरको गोरखनाथको मन्दिर ।

यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवनमा मूर्ति भेटिन्छन् । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर,पानीले खिइएका, अविर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरुमा छन् ।

बज्रवाराही मन्दिरभित्र रहेको मूर्तिहरु ।

मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् । मन्दिर परिसरमा कतै पुर्ननिर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ ।

कुम्मेश्वर मन्दिर परिसरमा गरुड र नारायणकोे मूर्ति ।

फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन । एकातिर खुला ठाँउमा मूर्ति वेवारिस र दयनिय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ । यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन् ।

लेन्स : न्युज एजेन्सी अफ नेपाल

थापालीस्थ्ति जङ्ग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा ।
पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकिर्ति महाविहार ।
पाटन सुन्धारामा पानीले खिइएको मूर्ति ।
पाटनको खपिञ्चे सडकमै रहेका मूर्तिहरु ।
लुभुको गणेश मन्दिर ।
लुभुको गणेश मन्दिर ।
च्यासल ढुंगेधारामा विभिन्न देविदेवताको मूर्तिहरु ।
पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ९ : १० बजे