२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सिंगापुरमा ढलको पानीबाट बियर, उपभोक्त भन्छन्– पिउन कुनै आपत्ति छैन्




एजेन्सी
१६ असार ०७९, सिंगापुर । न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो ।
सन् २०१८ मा पहिलो पटक पानी सम्मेलनमा सार्वजनिक गरिएको न्यु ब्रिउ अप्रिलमा सुपरमार्केट र ब्रिवरेज आउटलेटहरूमा बिक्रीमा राखिएको थियो ।
‘मैले यो शौचालयको पानीबाट बनेको हो भनेर गम्भीरतापूर्वक भन्न सक्दिन’ ५८ वर्षीय चेउ वेई लियानले भने । यसबारे सुनेपछि उनले सुपरमार्केटबाट बियर किनेका थिए । ‘यदि यो फ्रिजमा थियो भने मलाई कुनै आपत्ति छैन । मेरो मतलब, यो बियर जस्तै स्वाद छ, र मलाई बियर मन पर्छ’, उनले अगाडि भने ।
न्युब्रिउले सिंगापुरको ब्रान्डको पिउने पानीको ढलबाट रिसाइकल गरिएको एनईवाटरको प्रयोग गर्दछ, जुन पहिलो पटक टापुको पानी सुरक्षा सुधार गर्न सन् २००३ मा प्रशोधन केन्द्रहरूबाट प्रवाहित भएको थियो ।

पीयूबीले यो नयाँ बियर सिंगापुरवासीहरूलाई दिगो पानीको प्रयोग र रिसाइक्लिङको महत्वबारे शिक्षित गर्ने प्रयासको अंश भएको जनाएको छ ।
पिउने पानीमा ढल प्रशोधन गर्ने अवधारणालाई एक पटक व्यापक विरोध गरिएको थियो । तर, विश्वको ताजा पानीको आपूर्ति घटेसँगै पछिल्ला दशकमा यसले समर्थन पाएको छ ।
विश्व वन्यजन्तु कोषका अनुसार २ दशमलब ७ अर्ब मानिसहरूले वर्षमा कम्तीमा १ महिना पानीको अभाव झेलेका छन् ।
परावैजनी प्रकाशद्वारा ढललाई कीटाणूरहित बनाएर र दूषित कणहरू हटाउन उन्नत झिल्लीमार्फत तरल बनाएर एनइवाटर तयार गरिन्छ ।
प्रशोधन गरिसकेपछि यो केवल पानी मात्र हुन्छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ११ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।