९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महिला साफ च्याम्पियनसिप नेपालमा हुँदै



१८ असार,०७९, काठमाडौं ।  महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ ।  ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) कंग्रेसको बैठकले नेपालमा साफ आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ नेपालमा आयोजना गर्न गरेको प्रस्ताव अनुमोदन गरेको हो ।

साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म हुनेछ । नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।

 

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ४७ बजे