९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अमेरिकामा नेपाली खेलाडी र पत्रकार सम्मानित




२० असार ०७९, काठमाडौं । नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना नेपाली खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ । फुटबलर श्रेष्ठ, खवास तथा खेलकुद पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन् । अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो ।
चारै जनालाई डिस्ट्रिक्ट आठका डेलिगेट्स ह्यारी भण्डारीले सम्मान गरे । सिंहलाई नेपाली खेलकुदमा पत्रकारिताको माध्यमबाट गरेको महत्वपुर्ण योगदानका कारण र अधिकारीलाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
चारै जनालाई नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरेको ह्यारी भण्डारीले जानकारी दिए । यसअघि रोशन, कौशल, भरत र नवयुगलाई बाल्टिमोरको १० नम्बर डिस्ट्रिक्टका डेलिगेट जे जेलेसीले पनि सम्मान गरेका थिए । एनएसी कप फुटबलका लागि भरत र नवयुगले अमेरिकाको एल ए गुँरासबाट खेलेका थिए ।

 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : ५० बजे