३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अविरल वर्षपछि भारतको वित्तीय राजधानी मुम्बईका धेरै क्षेत्र जलमग्न




एजेन्सी

२३ असार ०७९,नयाँ दिल्ली । भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ । भारतको मौसम विभागले शहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

राष्ट्रिय प्रकोप प्रतिक्रिया फोर्सका टोलीलाई पूर्वसावधानी उपायको रूपमा सहरमा तैनाथ गरिएको छ । महाराष्ट्र राज्यमा मनसुन वर्षा सामान्य हो । वर्षाले लाखौं किसानको भाग्यलाई मार्गनिर्देशनसमेत गर्छ । अधिकांश किसान आफ्नो उत्पादनका लागि वर्षामा निर्भर छन् ।

विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनले वर्षालाई कम अनुमान गर्न नसकिने बताएको छ ।

अनियन्त्रित सहरी विकासले सामान्यतया सडक तथा घरहरूमा पहिरो निम्त्याएको छ । हजारौँ मानिसहरू रोजगारीको खोजीमा हरेक दिन मुम्बईमा बसाइँ सर्छन्, जसका कारण दु्रत गतिमा निर्माण कार्य भइरहेको छ । धेरै क्षेत्रमा पुरानो ढल निकासी प्रणाली छ, जसले बाढी निम्त्याउँछ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।