५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने




२३ असार ०७९, काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता शुक्रबार हुने भएको छ । दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।
सिभिल बैंक स्रोतका अनुसार हिमालयनले प्रति सेयर ८१ रुपैयाँका दर पाउने भएको छ । इन्भेस्टमेन्टले भने मेगा बैंकलाई गाभ्ने सहमति गरिसकेको छ । राष्ट्र बैंकले हिमालयनलाई एक वर्षको समय दिँदै अर्को वाणिज्य बैंकसँग मर्जर हुन निर्देशन दिएको थियो ।
मर्जरका लागि भएको प्रारम्भिक सहमतिअनुसार नयाँ बैंकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक बन्ने छैनन् । प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउने भएका छन् । न्युज कारखाना

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ११ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।