
२३ असार ०७९, काठमाडौं । सुनको मूल्य निरन्तर दोश्रो दिन सस्तिएको छ । बिहीबार सुन तोलामा एक हजार ४०० रुपैयाँले घटेको छ । चाँदी भने असार २३ गते, महंगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ ।
बुधबार पनि सुनको मूल्य तालामै एक हजार ६०० रुपैयाँले गिरावट भएको थियो । हिजो सुन प्रतितोला ९६ हजार रुपैयाँमा किनबेच भएको थियो । यसरी दुई दिनमा सुनकाे भाउ ताेलामा तीन हजार रूपैयाँले गिरावट भएकाे छ ।
बिहीबार चाँदीको भाउ भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढ्दा प्रतितोला एक हजार १८५ रुपैयाँ पुगेको छ ।
यद्यपी अघिल्लो कारोबार दिन, चाँदी तोलामा ३० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २७५ रुपैयाँ कायम भएको थियो ।








प्रतिक्रिया