११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीकै मातहतमा



२३ असार ०७९, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीकै मातहतमा राख्ने गरी सहमति जुटाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन विधेयक २०७९ को मस्यौदामा उपत्यकाको सुरक्षा व्यवस्था नेपाल प्रहरीले हेर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुर प्रदेश सरकारअन्तर्गत पर्ने जिल्ला भएपनि संघीय राजधानीसमेत भएकाले केन्द्र मातहत राख्ने सहमति समितिले जुटाएको हो ।

काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा नेपाल प्रहरीले नै हेर्ने गरी विधेयकमा व्यवस्था गर्न समिति सदस्यहरुले पनि सुझाव दिएका थिए । सरकारले दफा चारमा संशोधन गर्दै नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गरेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था गर्नेछ भन्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ४ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।