२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नक्खु पुलमा खुल्यो युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो




२४ असार ०७९,काठमाडौं । सौन्दर्यकर्मी मन कुमारी पुनद्वारा संचालनमा ल्याइएको ललितपुर नक्खु पुलमा अबस्थित मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन सौन्दर्यबिद तथा समाजसेवी रेनु राना मगरले रिवन तथा केक काटेर गरेकी छिन् ।
युवा ब्यबसायी सौन्दर्यकर्मी मनकुमारी पुनद्वारा सञ्चालित मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टर उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर रहेको बताइएको छ । लामो समयदेखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरमा अनुभबी सौन्दर्यकर्मी मार्फत महिला तथा पुरुषहरुलाइ सेवा सुबिधा प्रदान गरिने र महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी मन कुमारी पुनले बताइन ।
सौन्दर्यबिद रेनु राना मगरले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन ।
कर्यक्रममा सौन्दर्यकर्मी तथा नेल आर्ट विशेषज्ञ बन्दना राइ, सौन्दर्यकर्मी प्रिती शाक्य, समाजसेवी कोपिला राना अन्य सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।