४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


राजीना दिँदै श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे



एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिने घोषणा गरेका छन् । उनले राजीनामा दिएपछि श्रीलंकाका दलहरुले सर्वदलिय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् ।

यसैबीच, प्रर्दशन थप उग्र बन्दै गएको देखेर अज्ञात स्थानमा लुकेर बसेका राष्ट्रपति गोटाबायाले ग्यास वितरण सहज बनाउन पदाधिकारीलाई निर्देशन दिएका छन् । आन्दोलकारीहरुले राष्ट्रपतिको कार्यालय र सरकारी निवास दुवै कब्जा गरिसकेका छन् ।

केहि आन्दोलनकारी युवाहरु कोलम्बोमा श्रीलंकाका राष्ट्रपति भवनमा सरसफाइ गरिरहेको देखिएको छ । संचारमाध्यमको प्रश्नमा युवाहरुले राष्ट्रपति भवन सार्वजनिक स्थान भएकाले सफा गर्नु सबै नागरिकको जिम्मेवारी भएको जवाफ दिएका छन् । युवा पुस्ताले व्यवस्था परिवर्तन गर्नुपर्ने उनीहरुको मान्यता भएको पनि उनीहरुले जानकारी दिएका छन् । राष्ट्रपति राजापाक्षेलाई सन्देश दिएको र अब शान्ति कायम हुनुपर्ने उनीहरुको भनाई छ ।

आन्दोलनकर्ताहरूले राष्ट्रपति गोटाबायाले राजीनामा नदिएसम्म उनीहरुले राष्ट्रपति भवनमै रहने बताएका छन् । आन्दोलनकर्ताहरुले राष्ट्रपति कार्यालय र सरकारी निवास दुबैमा कब्जा गरेका छन् ।

श्रीलंकामा आर्थिक र राजनीतिक संकटलाई लिएर चलिरहेको विरोधकाबीच श्रीलंकाका चीफ अफ डिफेन्स स्टाफ जनरल शावेन्द्र शिल्वाले तर सोमबार प्रदर्शन स्थलतर्फ सेनाहरुलाई मार्च गरेको संचारमाध्यमहरुको खण्डन गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १ : ०३ बजे