२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बेरुजु १५ प्रतिशतले बढ्यो, स्थानीय तहमा ४३ अर्ब थपियो (पूर्णपाठ)



२९ असार ०७९, काठमाडौं । गत आर्थिक वर्षमा बेरुजु १५.४६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६-७७ को तुलनामा २०७७-७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको महालेखा परीक्षकले जनाएको छ ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार २०७७-७८ मा कुल बेरुजु रकम ४ खर्ब, ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय तहमा ४३ अर्ब ९० करोड, ९५ लाख बेरुजु देखिएको छ । महालेखा परीक्षको ५९ औं वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा थपिएको ४३ अर्ब बेरुजु समेत गरेर अब स्थानीय तहको बेरुजु रकम एक खर्ब ३६ अर्ब ३२ करोड २४ लाख पुगेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।