२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शंखमूलमा खुल्यो राइझुमा लाउन्ज




३१ असार ०७९, काठमाडौं । काठमाडौंको शंखमुलमा राइझुमा लाउन्ज सञ्चालनमा आएको छ। बिहीबारबाट राइझुमा लाउन्ज सञ्चालनमा आएको हो।
राइझुमा लाउन्जको उदघाटन देउडा गायक यज्ञराज उपाध्यायले गरेका छन् । राइझुमा बोलको चर्चित देउडा गीत उनै उपाध्यायले गाएका हुन् ।
‘राइझुमा निकै प्रिय गीत हो। यो देश विदेशमा नै निकै चर्चित छ। यो शब्द पनि निकै प्रिय छ। त्यसैले हामीले लञ्चको नाम राइझुवा राखेका हौं,’ राइझुमा लाउञ्जका सञ्चालक केशव चन्दले भने, ‘झनै यसको उद्घाटन राइझुमाकै श्रष्टाबाट गराउन पाउँदा हामी निकै खुसी छौं।’
उनले लाउन्जमा सातामा एकपटक सुदूरपश्चिमका साथै नेपाली संस्कृति झल्किने खालका सांगितिक प्रस्तुतिहरू प्रस्तुत गरिनेसमेत बताए। खानामा पनि अर्गानिकतामा जोड दिने चन्दको भनाइ छ।
प्राज्ञ उपाध्यायले ०४१ सालमा सार्वजनिक भएको आफ्नो चर्चित गीतका नामबाट लाउन्ज सञ्चालन गरेकोमा खुसी व्यक्त गरे। उनले गीतझैँ लाउन्जले पनि सबैको मन जित्दै जाओस् भन्दै शुभकामनासमेत दिए ।

चैतन्य एकेडेमीका सिइओ गणेश जोशीले राइझुमा लाउन्जको सफलताको शुभकामना दिएका थिए। उनले राइझुमाले नाम जस्तै अर्गानिक सेवा पस्किने कुरामा ध्यान दिनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा चर्चित लोक देउडा गायिका गौरी भट्ट, पर्यटन व्यवासयी अमरबहादुर शाही, शिक्षासेवी उदयप्रताप सिंहलगायतको सहभागिता थियो।

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।