९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


ललितपुरकी कुमारीको पूजा गरि बार्षिकोत्सव




१ साउन ०७९, ललितपुर । विभिन्न संघ संस्थाले वार्षिकोत्सव आपचारिक कार्यक्रम गरेर मनाउने गरिन्छ । कही अपाङ अशक्तहरुलाई खाना खुवाइन्छ त कतै बृक्षारोपण गरिन्छ ।
तर नृत्य निर्देशक संघ नेपाल ललितपुरले ५औ वार्षिक उत्सव ललितपुरकी जीवित देवीकुमारी देवीको पूजाअर्चना गरेको छ । कार्यक्रममा संस्थाको सल्लाहकार वरिष्ठ चर्या गुरु पद्दमराज बज्राचार्यले विशेष तान्त्रीक विधिद्धारा कुमारी देवीको पूजा र पाठ गरेका गरे ।
साथै सल्लाहकार प्राज्ञश्री नारायणदेवी प्रधान र वरिष्ठ नृत्य निर्देशक राधेश्याम प्रधानलगायतले कुमारी देवीको पूजा गर्ने अवसर जुराईदिएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा नृत्य निर्देशक प्रदिप रमण सिं डंगोल , राजीप बज्रार्चाय, मिनर्वा शर्मा राजोउपाध्याय,सुरेन्द्र देसार, मैया मर्हजन, दिना शाक्य, श्रृजना लामा, शविना डंगोल, रचना मर्हजन, विमला मर्हजन संञ्जय राज शर्मालगायतको उपस्थिति रहेको थियो ।
हालै संस्थाले शताव्दी पुरुष सत्यमोहन जोशीकी धर्मपत्नीश्री यशोदा जाशीलाई सम्मान गरेको छ । कार्यक्रममा शताब्दीपुरुष सत्यमोहान जोशीले आफ्नो जीवनमा एउटी नारीको आवश्यकतावारे विभिन्न अनुभवहरु सुनाएका थिए ।
नृत्य निर्देशक संध ललितपुर जिल्लाभरि छरिएर रहेका नृत्य प्रशिक्षक पेशामा संलग्न नृत्य निर्देशकहरुको हितमा काम गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ३० बजे