२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गोदावरी उद्योग वाणिज्य संघद्वारा कर साक्षरता कार्यक्रम सम्पन्न




१४ साउन ०७९, चापागाँउ । दक्षिण ललितपुरको उद्यम विकाशका लागि काम गरिरहेको संस्था गोदावरी उद्योग वाणिज्य संघअन्र्तगत विजनेस क्लिनिकले एक दिने कर योजना अन्र्तक्रिया आयोजना गरेको छ ।
कार्यक्रममा संयोजक विश्वनाथ घिमिरेले उद्यामीहरुका कर साक्षरता बढाउन यो कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘करका हिसाव किताव राख्ने प्रणालीबारे जानकारी लिन सके साना व्यावसायीलाई धेरै फाइदा हुन्छ ।’
वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले व्यावसायीहरुलाई कर साक्षरता दिन सके उद्यम फस्टाउने विचार व्यक्त गर्दै व्यावसायीहरुले कर प्रणाली नबुझी व्यापार व्यावसाय उचाईमा लैजान जसक्ने बताए ।
गोदावरी ११ का वडाध्यक्ष निलबहादुर देशारले आफूले सधै निजी क्षेत्रका व्यावसायीहरुलाई उत्प्रेरणा दिने गरेको बताउदै भने, ‘व्यावसायलाई अझ विस्तार गर्नुस् हाम्रो सधै सहयोग हुन्छ ।’ कार्यक्रममा झण्डै एक सय जना व्यावसायीहरु सहभागी थिए । उनीहरुले कर तिर्दा र नतिर्दा हुने फाइदा र घाटाका विषयमा प्रश्नहरु सोधेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ११ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।