७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एसिडपीडितलाई निःशुल्क उपचार



१४ साउन ०७९, काठमाडौं । सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेकालाई निःशुल्क उपचार सेवा उपलब्ध हुने जानकारी दिए ।
पीडितले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिनसक्ने व्यवस्थासमेत गरिएको छ । सरकारले एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८ पारित गरेको छ ।

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।