७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मनकामना केवलकार डेढ महिना बन्द हुने



१८ साउन ०७९, गोरखा । मनकामना केवलकार करिब डेढ महिनासम्म बन्द हुने भएको छ। सञ्चालन प्रविधि स्तरोन्नति गर्न भन्दै आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द हुने भएको हो।
एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नती गर्न सेवा बन्द गर्न लागिएको मनकामना केवलकार प्रालिले जानकार दिएको छ।

चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ। स्तरोन्नतिका लागि अष्ट्रियाका प्राविधिक नेपाल आएको कम्पनीले जनाएको छ।

नयाँ प्रविधिमा गएपछि यो नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीले दाबी गरेको छ।

‘स्तरोन्नति कार्य करिब पाँच देखि ६ हप्तामा सम्पन्न हुने छ। यस अबधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  २ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।