१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बैंकमा करोडौँ रकम कारोबार गरेपछि जेल चलान




२४ साउन ०७९, काठमाडौं । विदेशी बैंकमा करोडौँ रकम कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज कारागार चलान गरेको छ ।
प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा पक्राउ परेका नुवाकोटको विदुर नगरपालिका २ घर भइ हाल काठमाडौँ महानगरपालिका ३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको हो ।
पक्राउ परेका श्रेष्ठले अष्ट्रेलियाको वेल्थ बैंकमा एक लाख ९४ हजार दुई सय ८५ अमेरिकन डलर, क्यानडाको रोयल बैंकमा १८ लाख ७४ हजार चार सय २१, एभरेष्ट बैंक लिमिटेडको खाताबाट रु दुई करोड छ लाख छ हजार छ सय ९२, एनआइसी एशिया बैंक लिमिटेडको खाताबाट रु ६५ लाख २४ हजार नौ १०, नबिल बैंक लिमिटेडको खाताबाट क्यानेडियन ६७ हजार पाँच ९६ र नेपाली रु ६५ लाख अवैध कारोबार गरेको पाइएको छ ।
काठमाडौँ महानगरपालिका १४ कलङ्की तथा काकाठमाडौं महानगर ३ लाजिम्पाटमा जग्गा र पानीपोखरीमा अपार्टमेन्टसमेत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । श्रेष्ठको साथबाट बरामद भएको दुई थान मोबाइल र दुई थान ल्यापटपबाट उक्त कारोबार पत्ता लागेको प्रहरीले जनाएको छ । सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस पैरवी पश्चात जिल्ला अदालतको आदेशअनुसार श्रेष्ठलाई कारागार चलान गरिएको प्रवक्ता मैनालीले बताए ।

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १० : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।