६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


५१ लाख रुपैयाको अक्षयकोषसहित यज्ञनिधिका नाममा संस्था दर्ता




२५ साउन ०७९, काठमाडौं । साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा सम्मान, पुरस्कार वितरण र प्रकाशनका लागि रु ५१ लाखको अक्षयकोषसहित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थाको घोषणा गरिएको छ ।
यज्ञनिधिको चौथो वार्षिक स्मृतिसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनकी धर्मपत्नी सुधा दाहाल आचार्यको अध्यक्षतामा सो संस्था जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएको जानकारी दिइएको हो । श्रीमती दाहालको लगानीमा स्थापित उक्त अक्षयकोषबाट यस वर्ष राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनलाई रु एक लाख ५० हजार राशिको पुरस्कार प्रदान गरिने संस्थाका सचिव ठाकुर बेल्वासेले जानकारी दिएका छन् ।
संस्थाले सीमान्तकृत वर्ग र समुदायबाट मुलुकका लागि विशेष योगदान दिने तथा दरबार हाइस्कुलमा माध्यमिक तहमा अध्ययनरत केही विद्यार्थीलाई पनि आगामी वर्षदेखि छात्रवृत्ति दिने भएको छ ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी दिवसले समाजमा योगदान दिनेहरुलाई नागरिक क्षेत्रबाट सम्मान र पुरस्कारको परम्पराले ऊर्जा मिल्ने बताउँदै नयाँ पुस्तालाई मौलिकरूपमा साहित्य सृजना गर्न आग्रह गरे । संस्थाका उपाध्यक्ष डा रमेश शुभेच्छुले साहित्यकार दाहालले शिक्षा, साहित्य, सञ्चार र समाजसेवाका क्षेत्रमा दिएको योगदानबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा स्रष्टाहरु डा केदार न्यौपाने, डा रामप्रसाद ज्ञवाली, डा देवी नेपाल, डा विष्णु राई, डा गोविन्द आचार्य, प्रह्लाद पोखरेल, अभय श्रेष्ठ, लोचन भट्टराई, त्रिभुवनचन्द्र वाग्ले, प्रकाश सिलवाल, खोलाघरे साइँलोलगायतले कविता, गीत र गजल प्रस्तुत गरेका थिए । खोटाङको धारापानीमा विसं २०१० साउन ८ गते जन्मनुभएका मिर्गाैलापीडित दाहालको विसं २०७५ साउन २५ गते निधन भएको थियो ।

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।