७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मेलवर्नमा पनि मनाइयो जनै पूर्णिमा




२९ साउन ०७९, मेलवर्न । मेलबर्नमा पहिलो पटक बिधिपूर्बक गरिनुपर्ने संपूर्ण बिधि पुरा गरी जनैपूर्णिमा कार्यक्रम आयोजना गरिएको छ । कल्चर आर्टस एन्ड ल्याङ्वेज अकाडेमीको आयोजनामा यो जर्न पूर्णिमा मनाइएको हो ।
एक घण्टाभन्दा बढी जति समय लगाएर आबस्यक मन्त्रोच्चारण सहित गरिएको बिधिपूर्बकको पूजा आजापछि पुरोहितद्धारा कार्यक्रममा उपस्थित सबैलाई जनैपूर्णिमाको डोरो बाँधिएको थियो । डोरो बाँधिएपछि सबैलाई पन्चामृत, प्रसाद, क्वाँती र चियापानको ब्यबस्था गरिएको थियो ।
सयजनाभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा लुम्बिनी कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघका उपमहासचिब नारायण काफ्ले, गैरआवासीय नेपाली संघ भिक्टोरियाका संयोजक हरी खड्का, दिदी बहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुली, अस्ट्रेलियन नेपालीज मल्टिकल्चरल कमिटिका कोषाध्यक्ष बद्री पन्त, साहित्य संगीत जमघटका अनुपम पाठक, चितवन समाज भिक्टोरियाका बिपुल ज्ञवाली, एक्सपर्ट सगरमाथा क्लबका सुदिप न्यौपाने, मेल्टन नेपलिज कम्युनिटिका रोशनी श्रेष्ठ आदिको उपस्थिति थियो ।

आयोजित कार्यक्रमलाई ब्यबस्थित गर्न काठमान्डौ प्रपर्टिज, एभरेस्ट प्रपर्टी एन्ड फाइनान्स, एभरेस्ट ड्राइभिङ स्कूल, हिमालयन ग्रोसरिज एन्ड क्याटरिङ्ग सर्भिसेज, अब्रोड एजुकेशन कन्सल्टेन्सी सर्भिसेज, सर्मिला कलेक्सन एन्ड ब्युटी सालोन, काठमान्डौं पाराडाइजले योगदान गरेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।