९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


कराते खेलाडी दीपक श्रेष्ठले सहायक मुख्य प्रशिक्षकमा नियुक्त




२९ साउन ०७९,काठमाडौं । कराते खेलाडी दीपक श्रेष्ठले सहायक मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। आइतबार उनलाई राष्ट्रिय खेलकुद परिषद्ले सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
सदस्य सचिव स्तरीय निर्णयबाट उनलाई नियुक्ति दिएको हो ।
ललितपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत श्रेष्ठ तालिम तथा प्रशिक्षण विभागमा रहेर काम गर्नेछन् । करातेका मुख्य प्रशिक्षक हिरा सिंह डंगोल विदामा रहेको अवस्थामा उनलाई यो जिम्मेवारी आएको हो ।
दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता हुन् । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिरहेको अवस्थामा उनले यो महत्वपूर्ण जिम्मेवारी पाएका हुन् ।
सन् १९९९ सालमा भएको आठौं साग र २००४ मा नवौं सागमा श्रेष्ठले स्वर्ण पदक जितेका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठ २०५४ सालमा राखेपमा नियुक्त भएका थिए भने २०६१ मा स्थायी भएका थिए । उनले पटक पटक राष्ट्रिय कराते टोलीलाई प्रशिक्षण दिदै आएका छन् ।

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ११ : ०८ बजे