१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गायिका स्मिताको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन



३१ साउन ०७९,ललितपुर ।  गायिका स्मिता घिमिरेको निधन भएको छ। तीन वर्षदेखि क्यान्सरसँग जुझिरहेकी उनको ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार साँझ निधन भएको हो ।

सोमबार साँझ नै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। उनलाई बोनम्यारोको क्यान्सरबाट भएको थियो।

स्मिताले ‘ए भन्छन्’, ‘आँखाको नानी हौ’, ‘भाग्य भन्नु’, ‘कति मीठो माया’, ‘गहिरो तालको’ ुके भो आज भोलि ु लगायत थुप्रै नेपाली गीतहरु गाएकी छन्। केही महिना अघि उपन्यास ‘हराएको मुस्कान’समेत सार्वजनिक गरेर साहित्यमा पनि कदम बढाएकी थिइन्।

स्मिता भूपू प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र सबिता अर्यालकी छोरी हुन्। करिव दुई दशकअघि क्यान्सरबाट उनकी आमाको पनि मृत्यु भएको थियो।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।