१ भाद्र ०७९,ललितपुर । चापागाँउ चाहाखेलस्थित सम्झना कृषि सहकारी सस्थाले दशौँ वार्षिक उत्सव मनाएको छ ।
वागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले केक काटोर बार्षिकोत्सवको समुद्घाटन गरेको छन् । कार्यक्रममा सहकारीमा उत्कृष्ट कारोवार गर्ने १ सयभन्दा धेरै सदस्यहरु सम्मानित गरिएको छ ।
सहकारीका अध्यक्ष पुरुषोत्तम हुमागाईले आफूहरुले किसान केन्द्रित लगानी गरेको बताए । उनले भने, ‘५० लाखभन्दा ठुलो लगानी ३ जनालाई मात्रै दिएका छौं । त्यो पनि विश्वास योग्य लगानीकर्तालाई धितोमा दिएका छौं । बाँकी लगानी दुई चार लाख मात्रै दिएका छौं ।’
कृषि क्षेत्रमा उत्पादनशील ठाँउमा लगानी गरेकाले आफहरुलेू ढुक्कसँग प्रतिफल पाइरहेको बताए ।
वागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले अहिले समुदायमा सञ्चालित सहकारी संस्था बलियो रहेको बताए । उनले भने,‘ घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने सहकारी मात्र समस्या छन् । बाकी सहकारीहरु सुरक्षित छन् । ढुक्क हुनुस् ।’
ललितपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा सहकारी बैकंका सञ्चालक रामहरि बजगाईले सहकारीले अवका दिनमा भोज भतेर गरेर साधारण सभा गर्ने भन्दा पनि समुदायमै गएर साना भेलामार्फत अन्र्तक्रिया गर्दै सहकारीको प्रवद्र्धनात्मक कार्यक्रम मार्फत अघि बढनु राम्रो हुन्छ ।
ललितपुर कृषि सहकारी संघका कोषाध्यक्ष चित्रराज तिमिल्सिनाले सम्झना सहकारीले रक्सी बेच्ने व्यापारीलाई पशु पालनमा लगाएर किसानलाई दुग्घ बेच्ने बनाएको भन्दै प्रशंशा गरे ।
१ भाद्र २०७९, बुधबार
0
Shares
प्रतिक्रिया