४ भदौं ०७९,काठमाडौं । गायिका रचना रिमालले आफ्ना वावु आमाका लागि घर बनाइदिएकी छिन् ।झापा चन्द्रगढीस्थित पुरानो घर भएकै ठाँउमा उनले ४ कोठे पक्की घर बनाएकी हुन् ।
सामाजिक सञ्जालमार्फत गायिका रचना रिमालले सानैदेखि आफ्ना वाुवा आमालाई नयाँ घर बनाएर राख्ने सपना पुरा भएको बताएकी छिन् । उनले साँगेगिक क्षेत्रबाट आफ्नो सपना पुरा हुने विश्वास नभए पनि सबैको मायाँ र सद्भावले पुरा भएको भन्दै खुशी व्यक्त गरेकी छिन् ।
उनले आफ्ना वावुआमा अव यही घरमा बस्ने बताएकी छिन् ।
उनलाई सामाजिक सञ्जालबाट समर्थकहरुले समिक्षा अधिकारी जसरी नमात्तिनु भन्दै प्रकृया दिएका छन् । उनलाई धेरै समर्थकले बधाई दिएका छन् ।
प्रतिक्रिया