२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गिरीको पार्थिव शरिरमा झण्डा ओढाएर अन्तिम बिदाई (तस्विरहरु)



५ भदौं ०७९, काठमाडौं ।  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस नेता एवम् सांसद प्रदीप गिरीको पार्थिव शरीरमा पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा पुगेर देउवाले गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जलीका अर्पण गरेका हुन्। गिरीको पार्थिक शरिरलाई अहिले पार्टी कार्यालय सानेपा राखिएको छ। गिरीलाई श्रद्धाञ्जली दिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेता, आफन्त तथा शुभचिन्तकले श्रद्धाञ्जली अर्पण गर्न पुगेका छन्।

गिरीको अन्तिम बिदाईका लागि सयौं कार्यकर्ता पार्टी कार्यालय पुगेका छन्। यस अगाडि गिरीको पार्थिव शरीरलाई मेडिसिटी अस्पताल प्रांगणमा ११ बजेसम्म राखिएको थियो। गिरीको शवको अन्त्यन्टी आजै पशुपतिनाथमा गर्ने तयारी रहेको छ।

 

लेन्स: प्रदिपराज वन्त/रासस

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।