९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


राजधानीमा खेलाडीहरुको स्पोर्टस क्लाइम्विंग




७ भदौ ०७९, काठमाडौं । विभिन्न खेलका खेलाडीहरुले राजधानीमा सोमबार स्पोर्टस क्लाइम्विंग गरेका छन् । स्पोटर्स क्लाइम्विग खेललाई प्रबद्र्धन गर्न आइतबारदेखि राजधानीमा सुरु भएको एकहप्ते क्लाइम्विंग अभ्यासको क्रममा सोमबार खेलाडीहरुले क्लाइम्विंग गरेका हुन् ।
राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्विंगमा विभिन्न खेलका खेलाडीहरुलाई क्लाइम्विंग अभ्यास गराइएको थियो । सस्कृति र साहससँंगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा खेलाडीहरुलाई क्लाइम्विंग गराइएको हो ।
तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु सोमबारदेखि सुरु गरिएको थियो । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाम्विंग अभ्यास गराउने कार्यक्रम तय गरिएको छ । यस अन्तर्गत पहिलो दिन आइतबार प्रिस्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरु सहभागी थिए ।
माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको आयोजक एकेडेमीका अध्यक्ष कल्पना महर्जनले जनाइन् ।
खेलकुद अन्तर्गत पर्ने क्लाइम्विंग खेललाई प्रचारप्रसार गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गतवर्षदेखि तीजको अवसरमा वर्षमा एक पटक कार्यक्रम आयोजना गर्दै आएको कल्पनाले जनाइन् । न्युज कारखाना

 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ११ : १३ बजे