८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर महानगरको डेगु नियन्त्रणको प्रयास प्रभावहीन




१२ भदौं ०७९, ललितपुर । जव राती बुढी ताती भन्ने उखानको चरितार्थ गर्दै ललितपुर महानगर डेगु नियन्त्रणका प्रभावहिन काम गरिरहेको पाइएको छ ।
डेगु संक्रमित बढेर अस्पतालमा थेग्नै कठीन भइरहेको अवस्थामा होसमा आएको महानगरको जनस्वास्थ्य शाखाले महानगरभित्र प्रभावहिन र बजेट मात्रै खर्चने गरि योजना अघि बढाएको हा ।
महानगरले वातावरण प्रदुषण हुने गरि किटनाषक औषधि(ग्याँस) छर्कने योजना अघि बढाएको छ । कुना कन्दरामा बसेका लामखुट्टे नष्ट भए पनि लार्भा भने नष्ट नहुने स्वास्थ्यर्कीहरु बताउछन् । यस्तो ग्यासको प्रयोगबाट वातावरण थप प्रदुषित हुने र तत्काल कुनै परिणाम दिदैन ।
स्वास्थ्य कार्यालयका प्रमुखका अनसार विष्ट डेगु नियन्त्रणका लागि सर्च एण्ड डिस्ट्रे नै प्रभावकारी हुने बताउछन् । समुदायसम्म पुगेर जनचेतना पु¥याउने र प्रभावकारी स्थानीय सञ्चारमाध्यमहरुको प्रयोग गर्न सके थप डेगु संक्रमिणमा नियन्त्रण आउँछ ।
सुत्ने बेलामा झुलको प्रयोग र पुरा कपडा लगाएर हिडडुल गर्नसके मात्रै यो रोग नियन्त्रणमा सझिलो हुन्छ ।
पछिल्लो समय राजधानीका तीन वटा जिल्लामध्ये ललितपुरको डेगुको संक्रमित धेरै छन् । शहरका कुना कुनामा धेरै विरामी रहेको बताइन्छ । कतिपय विरामी अस्पताल नगइ घरमा बस्ने हुँदा सही तथ्याङक अस्पताल, स्वास्थ्य कार्यालय र नगरपालिकासँग पनि नरहेको डाक्टरहरु बताउछन् ।
ग्त साउनमै स्वास्थ्य कार्यालय ललितपुरले डेंगु नियन्त्रणको प्रयासका कामहरु गरेको थियो । ललितपुर महानगरको स्वास्थ्य शाखाले महामारी फैलिएपछि मात्रै २९ वटै वडामा कार्यक्रम अघि सारेको हो ।
महानगरकै कर्मचारी डेगु नियन्त्रणको कार्यक्रम झारा टार्ने किसिमको भएको बताउछन् । सिमित बजेट आफुअनुकूल खर्चेर सुरु गरिएको अभियान भित्री बस्तीसम्म पु¥याउन नसकिएको स्थानीय सञ्चारमाध्यहरु प्रयोग गरेर जनचेतना फैलाउने काम नभएकोमा उनीहरुको असन्तुष्टि छ ।
महानगरले १५ हजारदेखि २० हजार बजेट वडाहरुलाई पर्चा वितरणलगायत प्रचार गर्न बजेट दिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालयसँग सहकार्य गरेको छ । स्वास्थ्य कार्यालय ललितपुरले डेगु नियन्त्रणका लागि योजना बनाईरहेको सन्दर्भमा महानगर आफैले कार्यक्रम अघि बढाएको स्वास्थ्य कार्यालयका प्रमुख सतिस विष्टले बताए ।
महानगरले खर्च कमगर्ने भन्दै स्वास्थ्य स्वयमसेविका परिचालन गरेको छ ।
महानगरले गत भदौं ८ गतेदेखि हरेक दिन विहान महानगरको १देखि २९ वटै वडामा डेगु नियन्त्रणको कार्यक्र गरिरहेको छ ।
के हो डुेंगु
डेंगु रोग लागेपछि ज्वरो आउँछ । लामखुट्टेको टोकेपछि यो राग सर्ने गर्छ । डेंगु गाँउमा भन्दा शहरी क्षेत्रमा धेरै सर्ने गर्दछ ।
श्हरभित्रका सफा पानी जमेको ठाँउमा लामखुट्टेले फुल पार्छ । पानी जम्ने टीनका भाँडाहरु पुरानो टायर, ड्रमह पानीको ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ ।
इोे भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् ।
लक्षण
डेंगु लागेपछि एक्कासी उच्च ज्वरो आउँछ । यो ज्वरो एक हप्तासम्म रहन्छ । त्यसपछि आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने गर्दछ । साथै ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने र शरीरमा विमिरा आउने हुन्छ । डेगुका विरामीलाई वाकवाकी लाग्ने,पेट दुख्ने,नाक वा गिजाबाट रगत बग्ने,रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्ने डाक्टरहरु बताउछन्।
बच्ने उपाय
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने,पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने गर्नु पर्दछ ।कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने,यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ । लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : ३० बजे